मकवानपुरका कोरोना सङ्क्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

सहयात्रा टिभी

चितवन । भाद्र–१६, चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।अस्पतालका निर्देशक डा. दयाराम लम्सालले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मङ्गलबार बिहान २ः५२ बजेको समयमा मृत्यु भएको जानकारी दिएकाहुन् ।

ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयू मा भेन्टिलेटरमा राखेर उपचार गरिएको विज्ञप्तिमार्फत अस्पताल लेजानकारी गराएको छ ।ती पुरुषमा सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । योसँगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् । यस अस्पतालमा उपचाररतमध्ये २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । लक्षण नदेखिएका बिरामीलाई भरतपुरको वागेश्वरी आइसोलेसन केन्द्रमा राखिएको छ भने लक्षण देखिएकालाई अस्पतालमा राखिएको छ ।अस्पतालमा अहिले ४० जनाभन्दा धेरै सङ्क्रमितलाई उपचार गरिँदैछ ।

प्रकाशित : 1 September, 2020

प्रतिक्रिया दिनुहोस्