थपिँदै छन् उपत्यकामा क्वारेन्टाइन
काठमाडौं । भाद्र–१६, विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शैया भएको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौँं, ललितपुर र भक्तपुरमा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन तयार भई सञ्चालनमा आएका छन् ।
गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछाने काठमाडौंँमा ४५०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ७५० गरी दुई हजार तीन सय शैया क्षमताको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय भएको बताउँछन् । मन्त्रिपरिषद्ले काठमाडौं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन गरेको समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको बताइएको हो ।बैठकले काठमाडौँंमा क्वारेन्टाइनको सङ्ख्या कम देखिएकाले काठमाडाँै महानगरलाई भृकुटीमण्डपमा रहेका संरचनामा क्वारेन्टाइन सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ । यसैगरी थप स्थानको पहिचान गर्न काठमाडौंँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थानको पहिचान गर्न भनिएको पनि जनाइएको छ ।