वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
सहयात्रा टिभी
काठमाडौं । आश्विन– ०१, राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन जना सदस्य मनोनित हुने संवैधानिक व्यवस्था छ । एक जना सदस्यको कोटा ६ महिनादेखि खाली रहेको थियो । त्यही कोटामा राष्ट्रपतिले गौतमलाई मनोनित गरेकी हुन् । यसअघि बुधबारको मन्त्रीपरिषद्ले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो ।