किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको निधन
सहयात्रा टिभी
काठमाडौं । असोज–०५, किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो ।
सोलुखुम्बुमा जन्मेका शेर्पालाई ‘हिँउचितुवा’ को उपनामबाट समेत चिनिन्छ । उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ ।