२१ किलो रक्तचन्दनसहित बौद्धबाट ४ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, प्रहरीले अबैध तरिकाले तस्करी गर्न लागिएको रक्तचन्दनसहित चार जनालाई नियन्त्रणमा लिएको छ। गएराति अरपेशन चलाएर उनीहरुलाई २१ किलो ९ सय ग्राम रक्तचन्दनसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई रक्तचन्दनसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्