१७ सयले घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० रूपैयाँ घटेको छ । महासंघले आजको मूल्य ९५ हजार ५०० तोकेको छ।

हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० रूपैयाँ थियो।
त्यस्तै, हिजो तोलामा ९७ हजार रूपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९५ हजार कायम छ। यसैगरि हिजोकोभन्दा ९० रूपैयाँ घटेको चाँदीको मूल्य आज एक हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्