देशभर भारी बर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । असोज–०७, बुधबार (आज) देशभर सामान्य देखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर–पश्चिम तर्फ सर्ने क्रममा देशका विभिन्न स्थानमा बर्षा सम्भावना रहेको हो । आज दिउँसोपछि देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखी मध्यम बर्षा हुने सम्भावना हरेको छ । त्यस्तै आज राति पनि देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्