सुन र चाँदीको मुल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–०८, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बुधबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ, भने विहिबार चाँदीको मुल्य तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 24 September, 2020

प्रतिक्रिया दिनुहोस्