कोरोना संक्रमणबाट थप एकको मृत्यु
सहयात्रा टिभी
काठमाण्डौं । असोज–०९, कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भएपनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । रक्तचापका बिरामी रहेका उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो ।