केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा मोनोरेल पछि स्काई रेलको चर्चा (स्केचसहित)

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं उपत्यकामा यतिवेला कहिले मोनोरेल त कहिले स्काई रेल को चर्चा हुने गरेको छ । चर्चा भए वमोजिम नै निर्माण र सञ्चालन भईदिने हो भने त हालको ट्राफिक व्यवस्थापनमा निकै सहज हुने कतिपय विशेषज्ञहरुको वुझाई छ । काठमाडौंमा स्काइ रेल बनाउन सके आम नागरिकले निर्धारित समयमा सहज यात्रा गर्न पाउने र वातावरणमा पनि सुधार आउनेछ । काठमाडौंमा स्काइ रेलको अध्ययन गरिरहेको साइमिक्स इङ्क प्राइभेट लिमिटेडले मंगलबार काठमाडौं महानगरपालिकालाई स्केचसहितको प्रतिवेदन वुझाएको छ ।

२०७३ माघ २६ गते काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बिच स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनका लगि सम्झौता भएको थियो । महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गरिनेछ । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काइरेल सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन करिव ३० करोड अमेरिकी डलर लाग्नेछ भने निर्माणका लागि २ वर्षको समय लाग्नेछ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनकालागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दावी छ । रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

 

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्