ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह
सहयात्रा टिभी
काठमाडौं । असोज–१५, राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गरेकी छन् । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु–स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उनले आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गरेकी हुन् ।
विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त समेत व्यक्त गरेकी छन् ।