कर्मचारीलाई कोरोना परीक्षण गर्न दबाब नदिन आग्रह

सहयात्रा टिभी

काठमाडौं । असोज–१६, काठमाडौं महानगरपालिकाले डेरामा बस्ने र औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई कोरोना परीक्षण गर्न दबाब नदिन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनी र औद्योगिक प्रतिष्ठानले श्रमिकलाई अनिवार्य कोरोना परीक्षण गर्न दबाब दिएको गुनासो आएपछि सूचना निकालेको थिा ।


कोरोना भाइरसको प्रभाव देखिन कम्तिमा ५ दिन लाग्ने र संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पीसीआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएकाले अनावश्यक दबाब नदिन महानगरले आग्रह गरेको छ ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्