नेपाल एयरलाइन्समा गएका ६ जना नेपालीमा कोरोना देखिएपछि हङकङद्धारा उडान भर्न प्रतिबन्ध
सहयात्रा टिभी
काठमाडौं । असोज–२०, हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान भर्न प्रतिबन्ध लगाएको छ । नेपाल एअरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण भएको पाइएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको हो। नेपाल एयरलाइन्सको उडानलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको छ ।
हङकङमा सोमबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो जसमध्ये चारजना स्थानीय र ६ जना नेपालबाट गएका सहित सातजना विदेशी थिए । नेपाल सरकारले नेपालबाट बाहिरिँदा र भित्रदाँ अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको भएपनि हङकङ गएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाली विमानमा कोरोना संक्रमित भएको भन्दै हङकङले नेपाल एअरलाइन्स माथि कारबाही गरेको