सुनचाँदीको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असोज–२०, मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित : 6 October, 2020

प्रतिक्रिया दिनुहोस्