नयाँ गुरुयोजना खारेज गरौँ, पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँः नेता थापा

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, कांग्रेस नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेजको माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले अहिलेको गुरुयोजना खारेज गरेर पुरानो गुरुयोजनाको समीक्षा गर्नुपर्ने माग गरेका हुन् ।


थापाले भनेका छन् ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन १ अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । ’ ‘तत्पश्चात मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्