सुनको भाउ घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज–२२, आज पनि सुनको भाउ घटेको छ । आज सुन २ सय रुपैयाँले घटेको हो । बुधबार सुन ८ सयले नै घटेको सुन आज विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९३ हजार ९०० र तेजाबी सुनको आजको मूल्य ९३ हजार ४ सय कायम गरिएको छ । यता चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्