मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त
सहयात्रा टिभी
काठमाडौं । कार्तिक–१६, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएकाछन्।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा आइतबार मुख्यमन्त्री पौडेलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।उनलाई कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।मुख्यमन्त्री सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत थिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।