सांसद तथा कांग्रेस नेता सूर्यबहादुर केसीको निधन
पोखरा । कार्तिक–१८, पोखराका प्रतिष्ठित व्यापारी तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ ।उनको आफ्नै निवासमा निधन भएको बताइएको छ।।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका का बिरामी उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध केसी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेकाथिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च पनि रहेका थिए। केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बबनेका थिए।निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए ।रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उनको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी रहेको छ ।