जीप दुर्घटना , तीनको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२२, शनिवार सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खा ओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली,सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा रहेको जानकारी दिएकाछन् । उनका अनुसार गाडीमा सवार अन्य पाँच जना भने सकुशल रहेका छन् ।घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।वेलुका अन्दाजी पौने ६ वजे जीप दुर्घटना भएको जनाएको छ ।

प्रकाशित : 7 November, 2020

प्रतिक्रिया दिनुहोस्