महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण
सहयात्रा टिभी
काठमाडौं । मंसिर–१५, नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
गोल्छालाई निवर्तमान अध्यक्ष भवानि राणाले पद तथा गोपनियताको सपथ गराईन् । अध्यक्ष गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।