ओली समुहको पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

सहयात्रा टिभी

काठमाडौं । पुस ७, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली समूहको भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप कुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ ।

 

अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको बताइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा पार्टी प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यस्तै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्नुभएको छ ।

प्रकाशित : 22 December, 2020

प्रतिक्रिया दिनुहोस्