केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यू-१९ विश्वकप छनोटः सिंगापुरविरुद्ध नेपालको दोस्रो जित

सहयात्रा टिभी

काठमाडौं । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा नेपालले जित हांसिल गरेको छ । सिंगापुरसँगको दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराउँद नेपाल विजयी भएको हो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुर सामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले र रोहितकुमारले ४१ रनको साझेदारी गरे । रोहित १५ रनमा आउट भए । ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोर महतले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए ।

प्रकाशित : 21 July, 2017

प्रतिक्रिया दिनुहोस्