‘नागरिक एप’ डाउनलोड गर्नेको संख्या एक लाख ६२ हजार

सहयात्रा टिभी

काठमाडौं । माघ ०५, ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार ‘नागरिक एप’ सार्वजनिक भएको छ ।


यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका ९खाता खोल्न सफल भएका छन् ।

धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिम कार्ड नहुनु, गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिम कार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरू बताउँछन् ।

त्यस्तै, सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई ुडिजिटलाइजु गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । यस एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी यस एपमा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ ।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्