तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद
सहयात्रा टिभी
काठमाडौं । माघ १०, अहिले देशभर मौसम बद्ली भए पनि तत्कालका लागि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।
एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।