प्रदेश १ का मुख्यमन्त्री राई आज वैवाहिक बन्धनमा बाँधिदै

सहयात्रा टिभी

काठमाडौं । माघ ११, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैवाहिक जीवनमा बाँधिदै छन्।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग मुख्यमन्त्री राईले काठमाडौंमा लगनगाँठो कस्न लाग्नु भएको हो। ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको छ ।

राई र शेर्पाबीच काठमाडौंमा निकट नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुनेछ भने विराटनगरमा भोजको आयोजना गरिने जनाइएको छ ।

५० वर्षीय राईले आफूभन्दा झण्ड २५ वर्ष कान्छी शेर्पासँग विवाह गर्न लाग्नु भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी ज्याङ्मुसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले जानकारी दिनुभयो।

ज्याङ्मुका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने ज्याङ्मुको संखुवासभा हो। उहाँ हाल काठमाडौंमा हजुरआमासँग बस्दै आउनु भएको छ।

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्