बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् । निकुञ्जको बीचभागमा रहेको सडकमा वन्यजन्तुसँग ठोक्किएर हुने दुर्घटनामा सयौं वन्यजन्तु मर्नुकासाथै मानिसको समेत ज्यान गएको छ ।

पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका हुन् । कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउनु पर्ने उनीहरुको भनाइ रहेको छ।

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्