अमेरिकामा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थीको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०७, अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई मृत फेला परेका छन् । सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् । पोस्टमार्टमको रिपोर्ट आएपछि उनको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान शुरू गरिएको छ ।