केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बृहत रक्तदान कार्यक्रम सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा अबस्थित शुभ प्रभात नेपाल नामक संस्थाको आयोजनामा हिजो फागुन ८ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“रक्तदान नै जिवनदान” भन्ने मुल नाराका साथ काठमाडौको सुकेधारामा सम्पन्न भएको उक्त कार्यक्रम बिहान १० बजे देखी संचालन भएर अपरान्ह ३ बजे सम्पन्न भएको थियो भने त्यस कार्यक्रममा हिमाल डेन्टल हस्पिटलका निर्देशक राजेन्द्र भट्ट प्रमुख अतिथी, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नबराज भट्टराई अतिथि, काठमाडौ महानगरपालिका वडा नं १० का वडा अध्यक्ष मोहन बिष्ट अतिथि रहनु भएको थियो ।

यसैगरी सो कार्यक्रमको संयोजन आयोजक संस्थाका बरिष्ठ सदस्य बिश्वनाथ दहालले गर्नुभएको थियो यस्तै सो कार्यक्रममा ११५ पिन्ट रगत संकलन भएको थियो भने उक्त दिन नै आयोजक संस्थाको तर्फबाट रक्तदान गर्ने र कार्यक्रममा सहयोग गर्ने सबैजनालाई प्रशंशा–पत्रका साथै संस्थाकै लोगो अंकित टोपी पनी प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरू, प्रतिष्ठित ब्यक्तिहरूका साथै पत्रकारहरूको पनी उपस्थिति रहेको थियो ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्