साताभित्र एसईई परीक्षा सक्ने बोर्डको तयारी

काठमाडौं । फाल्गुन १२, कोरोनाका कारण शैक्षिक सत्र लम्बिएपछि राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको बताईएको छ। बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने छन् ।