पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर २५ लाखको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको बताईएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ । विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४९ हजार ४९१ जना निको भएका छन् ।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्