सुनको मूल्यमा आजपनि सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार सुनको मूल्य तोलामा ८९ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८९ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार ८५० सय कायम रहेको छ । त्यसै गरी चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १३४५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्