आइपीयो रिजल्ट हेर्न नियम परिर्वतन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, नेपाल धितोपत्र वोर्डले आइपीयोको रिजल्ट थाहा पाउने नियम परिर्वतन गरेको छ। बोर्ड अन्तर्गत रहेको सीडीएस क्लियरिङ लिमिटेडले अबदेखि लगानीकर्ताले आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्ने जनाएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने बताएका छन्। अब लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने भएका हुन्।

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्