खाना पकाउदा यी कुराहरू ध्यान दिनु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, जो कोई खाना बनाउने समयमा सोचिरहेको हुन्छौं कि खाना कसरी मिठो बनाउने । तर कसरी सफा तरिकाले बनाउने भन्ने कुरामा त ध्यान नै गएको हुँदैन । पानीले पखालेर आगोमा पकाउदा सब ठिक हुन्छ भन्ने मान्यता रहे पनि यसले शरीरलाई हानी गरिरहेको हुन्छ फलस्वरुप हामी बिरामी पर्छौ तर बिरामीको कारण अर्कै ठान्छौँ ।

खाना पकाउदा ध्यान दिनु पर्ने कुराहरू यस प्रकार रहेका छन्:

  • खाना पकाउनु अघि, नपकाएको माछामासु छोएपछि साबुन पानीले हात धुने । जसले गर्दा खानामा जिवाणु पस्न पाउँदैन ।
  • बजारमा पाइने फलफूल तथा तरकारीहरुमा विषादीको मात्रा बढि प्रयोग गरिने हुनाले खाना बनाउन र खानुअघि फलफूल तथा तरकारीलाई मनतातो पानीमा केहि समय भिजाउने ।
  • खाना पकाउँदा सधैँ एप्रोन लगाउने ।
  • नपकाएको मासुमा जिवाणु हुन्छ र उक्त जिवाणु चपिङ बोर्डमा काटिने अन्य तरकारी,तथा फलफूलमा पस्ने हुनाले सम्भव भए सम्मा छुट्टै चपिङ बोर्डको व्यवस्था गर्ने ।
  • भान्सामा राख्ने तौलिया दैनिक रुपमा तातो पानीले धुने ।
  • रुघा लागिरहेको छ वा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुने ।

 

 

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्