रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाका काम सम्पन्न

काठमाडौं । फाल्गुन १३, ललितपुर बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाका कार्य सम्पन्न भएको छ । थप कामका लागि उपर्युक्त आकार र परिणामका काठ प्राप्त गर्न प्रयास भइरहेको छ भने परम्परागत ईंटाको अर्डर गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनु भयो।