‘सम्पदा मास्ने भूत भगाऔँ, कमल पोखरी जोगाऔँ’ भन्ने नाराका साथ आन्दोलन

काठमाडौं । फाल्गुन १६, ‘सम्पदा मास्ने भूत भगाऔँ, कमल पोखरी जोगाऔँ’ भन्दै अभियन्ताहरु र वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।
महानगरपालिकाको नेतृत्वलाई भूतको संज्ञा दिदै उनीहरुले धुप बालेर भूतलाई भगाउ भन्दै विरोद्ध प्रदशर्न गरेका छन् ।ऐतिहासिक सिमसार कमलपोखरीमा कंक्रिटको कमल फुलाएर प्राकृतिक सम्पंदा नष्ट हुने गरि पुनर्निर्माण गरेकोमा विरोध गरीदै आएको छ । त्यसैगरी, सर्वोच्च अदालतको आदेशविपरित बालाजु बाइपासमा सडक बिस्तारका लागि लिइएको जमिनमा सूचना केन्द्र बनाउन लागिएको विरोधमा स्थानीय, र अभियन्ताहरुले धर्नासमेत दिएका थिए । उनीहरुले शनिबार स्थानीय वासिन्दालाई घर भित्रै थुनेर प्रहरी परिचालन गरि बालाजुमा बाटो सम्याएको कामको विरोध गरेका छन् ।