भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविद्धको खोप लगाएका छन् । मोदीले ट्वीट गर्दै सोमबार बिहान आफूले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएको जानकारी दिएका हुन् ।
उहाँले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर खोप लगाउनु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रधानमन्त्री मोदीले भारतमै उत्पादन भएको खोप लगाएका हुन् । भारतीय कम्पनी भारत बायोटेकले बनाएको कोरोनाविरुद्धको खोप मोदीले लगाउनु भएको जानकारी दिइएको छ ।
प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘यो उल्लेखनीय छ कि हाम्रा चिकित्सक एवं वैज्ञानिकहरुले कोभिड – १९ विरुद्धको विश्विक लडाईलाई बलियो बनाउन तीव्र रुपमा कसरी गरे भन्ने देखाएको छ ।’
साथै, प्रधानमन्त्री मोदीले आम सर्वसाधारणलाई पनि कोरोनाविरुद्धको खोप अभियानमा सहभागी हुन आव्हान गरेका छन् । उनले भनेका छन्, ‘आउनुहोस्, सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त देश बनाउँ ।’
Took my first dose of the COVID-19 vaccine at AIIMS.
Remarkable how our doctors and scientists have worked in quick time to strengthen the global fight against COVID-19.
I appeal to all those who are eligible to take the vaccine. Together, let us make India COVID-19 free! pic.twitter.com/5z5cvAoMrv
— Narendra Modi (@narendramodi) March 1, 2021