बेपत्ता परेको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम

काठमाडौं । फाल्गुन १८, गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको शव १८ दिनपछि स्थनीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए । घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।