गल्फ स्टार खेलाडी उत्पादनमा स्वर्गीय आङछिरिङको ठुलो योगदान

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, गल्फ खेल भनेपछि मरिमेटने पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाले गल्फ खेलमा लागेका कयौं खेलाडीहरुलाई शिक्षादिक्षाका लागि सहयोग गरेका थिए। यसरी सहयोग पाएका खेलाडीमा कोही स्वदेशमै स्थापित हुने प्रयासमा छन भने केही विदेशमा छन।

११ वर्षको उमेरदेखि गल्फ खेलमा प्रवेश गरेकी प्रतिमा शेर्पाले नेपालको एक नम्बर महिला गल्फर हुँदै विदेशको यात्रा समेत तय गरिसकेकी छिन। अहिले उनी अमेरिकामा अध्ययनका साथै गल्फ खेललाई एकसाथ अगाडि बढाईरहेकी छिन। प्रशिद्ध नेपाली गल्फ खेलाडी प्रतिमा शेर्पाले आफ्नो शैक्षिक तथा खेल जीवनमा स्वर्गीय आङछिरिङ शेर्पाको महत्वपूर्ण योगदान रहेपनि आफूले उनलाई धन्यवाद भन्ने अवसर नपाएको दुखेसो पोखेकी छिन।

प्रतिमाले आफूले सानैदेखि आङछिरिङको सहयोग पाएको बताउँदै स्कूल समाप्तिपछि प्राईम कलेजमा भर्ना हुने बेलादेखि भर्ना हुने अवस्था होस वा पहिलो पटक सन २०१७ मा अमेरिका जाने बेलामा हवाईटिकटको व्यवस्थापन जस्ता काममा आफूले सहयोग पाएको कुरा उल्लेख गरिन। ४ वर्षदेखि नागरिकता लिन नपाईरहेको अवस्थामा स्वर्गीय आङछिरिङले हेलिकप्टर चार्टर गरी आफू र आफ्ना पितालाई नाम्चेबजार लिएर गएको क्षण भुल्न सक्दिनन्।

प्रतिमाले अमेरिकामा बिजिनेस म्यानेजमेण्टको अध्ययनका साथै गल्फ खेललाई एकसाथ अगाडि बढाउने अवसर पाईन्। उनको कलेजमा गल्फ टिम एउटा सेमिष्टरमा १० देखि १२ वटा टुर्नामेण्ट हुने गरेको छ। उनले एउटा प्रतियोगिता जितेको तथा स्टेटस च्याम्पियनशीपमा चौथो स्थान प्राप्त गरेकी थिईन। आङछिरिङको निधन भएपछि उनि गोकर्ण फरेष्ट रिसोर्टमा गएकि छैनन्। नेपालमा गल्फ खेलको विकासकालागि मरिमेटने स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा यही फागुन २१तथा २२ गते गोकर्णमा गल्फ प्रतियोगिताको आयोजना हुँदैछ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्