नेपाल–फ्रान्स विजनेश फोरम आयोजना हुँने

काठमाडौं । फाल्गुन २१, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच बीच भेटवार्ता भएको छ । भेटमा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले बताएको छ ।
सो छलफलमा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पछि नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमति भएको छ । भेटमा राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताए । गत वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गराए ।