पोलियो लागेका यी बुवा, छोराको क्यान्सर उपचारका लागि चिया पसल र पठाओ चलाउँछन्

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, ललितपुरको नख्खुमा बस्ने ५२ वर्षीय पुनम मिश्र आफ्ने श्रीमती र ११ वर्षीय छोरासँग बस्छन् र त्यहीँ उनीहरूको चिया पसल छ।

११ वर्षीय छोरालाई रक्त क्यान्सर भएका कारण उपचारका लागि दैनिक सङ्घर्ष गरिरहेका छन् यी दम्पती। श्रीमतीसँग बिहान बेलुकी चिया पसलमा काम गर्छन् उनी समय मिलाएर पठाओ पनि चलाउँछन्। “मलाई सानो छँदा पोलियो भएका कारण दाहिने खुट्टामा समस्या छ। म त्यति काम गर्न सक्दिन। तर पनि सके जाति काम गरेर पैसा जम्मा गर्न खोजिरहेको छु,” मिश्रले बताए।

 

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्