शैक्षिक महिला सञ्जालद्वारा समाजसेवी उप्रेती सम्मानित

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, शैक्षिक महिला सञ्जालद्धारा सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक तथा केन्द्रिय अध्यक्ष सबिता उप्रेती सम्मानित भएकी छन् ।

 

शैक्षिक महिला सञ्जालले उप्रेतीलाई अटिजम भएका बालबालिकाको सेवामा समर्पित भई विगत एक दशक देखि समाजसेवा गर्दै समाजमा उल्लेख्य योगदान दिदै आएकोमा नगद पाँच हजार सहित सम्मान गरेको हो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती दाहालले महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गराउँदै विविध सामाजिक कार्यहरु साथै प्रत्येक बर्ष समाजसेवामा विशेष योगदान दिने महिलालाई विशेष सम्मान गर्ने उदेश्य रहेको बताईन् ।

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्