बक्तृत्वकला प्रतियोगिता सम्पन्न :

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, अन्तराष्ट्रिय नारी दिवस ८ मार्च २०२१ को अबसर पारेर काठमाडौ जिल्लाको गोकर्णेश्र्वर नगरपालिका वडा नं ५ मा अबस्थित कुटुम्ब कलेजको आयोजनामा ‘कोभिड महामारीमा महिलाको समस्या’ बिषयक बक्तृत्वकला प्रतियोगिता सफलतापूर्बक सम्पन्न भएको छ ।

कुटुम्ब कलेजमै प्लस टु तथा स्नातक तहमा अध्ययनरत १५ जना छात्र छात्राहरूले भाग लिएको सो बक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलीहरूमा सोहि कलेजका शिक्षक शिक्षिकाहरू कविता फुयाँल, सरोज खनाल र महेश तिमिल्सिना रहनु भएको थियो ।

उक्त प्रतियोगितामा ब्यबस्थापन बिषय लिई ११ कक्षामा अध्ययनरत छात्रा सम्झना कुँवर प्रथम, मानबिकी बिषय लिई प्लस टु मा अध्ययनरत छात्रा दाकी सेर्पा द्वितिय र समाज सेवा बिषय लिई स्नातक दोस्रो बर्षमा अध्ययनरत छात्र कवि राज कार्की तृतिय भएका थिए ।

सो कार्यक्रम बिहान ७:३० बजे सञ्चालन भई बिहान ९:३० बजे सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा बिजयी हुने छात्रा छात्राहरूलाई त्यस कार्यक्रमका सभापती तथा कुटुम्ब कलेजकै प्रमुख कार्यकारी अधिकृत आशिष आचार्यले पुरस्कार बितरण गर्नुभएको थियो ।

 

 

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्