सुत्ने कोठामा यी चिजहरू राखे नकरात्मक शक्ति आकर्षित हुन्छ

काठमाडौं । फाल्गुन २४, वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । वास्तु शास्त्रका अनुसार सुत्ने समयमा स-साना गल्तीले पनि जीवनमा विभिन्न किसिमका समस्याहरु आउन सक्छ ।
ऐना–आफ्नो अगाडी ऐना पर्ने गरि कहिले नसुत्ने । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।
जुत्ता चप्पल–सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथी वा गोडा मुनि नराख्ने । सुत्ने कोठामा जुत्ता चप्पल नराख्दा नै रम्रो हुन्छ ।
मोबाइल, ल्यापटप–मोबाइल, ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथी राखेर नसुत्ने । यी सामग्री राहुसंग सम्बन्धित हुने हुँदा यसले राहुदोष उत्पन्न गर्छ ।
पानी–सुत्ने बेलामा कहिले पनि सिरानीतर्फ पानी नराख्ने । यसले चन्द्रमा प्रभावित हुने र मनोरोग पैदा गर्छ ।
तेल–सिरानी माथी पर्ने गरि कुनै पनि किसिमका तेल राखेर नसुत्ने । यसले विभिन्न समस्या उत्पन्न गराउँछ ।