शेयर बजार ३ अङ्कले घटेको दिन कारोबार भने रकम ४ अर्बमै सीमित

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, शेयर बजार परिसूचक नेप्से बुधवार तीन अङ्कले घटेको छ । नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

 

बुधवार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ भने व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लगानी समूहको शेयर भने बढेको पाईएको छ ।

बुधवार दुई सय पाँच कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ । रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ भने बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको बताईएको छ ।

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्