सुनचाँदीको मूल्य बढ्यो, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ८६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ३५० सय कायम गरिएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १२७० मा कारोबार भएकोमा आज बढेर १२८५ पुगेको महासंघले बताएको छ ।

 

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्