तुलसीपुर उपमहानगरले दियो किशोरीलाई साइकल

काठमाडौं । चैत्र ०१,तुलसीपुर उपमहानगरपालिकाले किशोरीहरूलाई साइकल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरूलाई साइकल वितरण गरिएको हो। उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ५४ जना बालिकालाई साइकल वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
तुलसीपुरमा करिब आधा घण्टा बढी लगाएर विद्यालय जाने बालिका २ हजारको संख्यामा रहेका छन् । साइलक भएपछि उनीहरूलाई विद्यालयसम्म पुग्नसमेत सहजता हुने नगरपालिकाले अपेक्षा लिएको छ । पहिलो चरणमा ५४ जना किशोरीलाई साइकल वितरण गरिएको हो । किशोरीहरूको सशक्तिकरण र शिक्षामा पहुँच वृद्धि गर्न सहयोग होस् भने उद्देश्यले साइकल प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकामा साइकलको प्रयोग बढाउन यस वर्षको १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बालिकालाई साइकल वितरण गरिएको हो ।
तुलसीपुरमा सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने किशोरी ५ हजारको संख्यामा रहेको र अहिले तत्काल करिब आधा घण्टा बढी लगाएर विद्यालय जाने बालिकालाई साइकल वितरण गरिएको उप महानगरपालिकाले जनाएको छ । बालिकाको पढाइमा सहजता ल्याउन र नगरभित्र साइकलको प्रयोग बढाउन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साइकल वितरण गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । तुलसीपुरलाई साइकल सहरको रूपमा विकास गर्ने उद्देश्यका साथै साइकलको प्रयोग बढाउन अर्को वर्षदेखि साइकल पुरस्कार वितरण गरिएको नगरप्रमुख पाण्डेले बताए ।