क्यान इन्फोटेक मेला वैशाखमा

काठमाडौं । चैत्र ०२, यस वर्षको क्यान इन्फोटेक २०७८ साल वैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) ले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुनेछ ।
क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले बताएको छ । यस वर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन गर्दै आएको छ ।