साढे पन्ध्र लाख बढी नेपालीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ । नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोभिड –१९ विरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा उक्त संख्यामा खोप लगाएको बताए ।
यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ लक्ष्य रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।
अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ । नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोस्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उनले बताए ।
उत्पादनभन्दा माग बढी रहेका कारणले दोस्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उनले स्पष्ट पारे । दुईपटकसम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार खोप लगाएको कार्ड भए विदेश जाँदासमेत सजिलो हुनेछ ।