किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गरेकी गायत्रीको संकास्पद मृत्यु

काठमाडौं । चैत्र ०३, किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृत्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए ।
बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खानुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बेहोस अवस्थामा फेला पारेको कलेज प्रमुख डा. शिव मंगलले जानकारी दिनुभयो ।
साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अनुरोध गर्दा आफु राती नसुतेको र आगामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३-४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बोलाउँदा नबोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा लडेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृत घोषित गर्नुभयो ।’बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमको टपर विद्यार्थीसमेत रहेको मंगलले बताउनुभयो ।
महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेस तण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उहाँले अत्याधिक औषधि खानुभएको थियो । यद्यपी घटनाबारे छानबीन भइरहेको उहाँले बताउनुभयो । भट्टको शवको पोष्टमार्टमा गरिएको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी तण्डुकारले जानकारी दिनुभयो ।भट्टको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
Source :esidhakura