ज्योति लाईफको आईपीओ आगामी साता बाँडफाँट हुने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०४, ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आगामी सातामात्र बाँडफाँट हुने भएको छ । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटललका अनुसार आवेदनको तथ्याङ्क रुजु गर्ने काम भैरहेकाले आगामी सातामात्र बाँडफाँट हुने जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

आवेदन दिने अन्तिम दिन साझ ५ बजेसम्ममा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ रू १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू २८ करोड ६४ लाख १ हजार छ ।

प्रकाशित : 17 March, 2021

प्रतिक्रिया दिनुहोस्